रौतहट, १ भाद्र ।
रौतहटको क्षेत्र न.२ ख बाट निर्वाचित प्रदेश सांसद नागेन्द्र सिन्हाको क्षेत्रका जनताहरु उनका विकास कार्यबाट रुष्ट देखिएका छन्
कार्य अवधि सकिन लाग्दा समेत प्रदेश सांसदले आफना संसदीय क्षेत्रमा उपलब्धी मुलक कार्य नगरे पछि त्यहाँ जनताहरु रुष्ट भएको देखिएको छ । बढदो सामाजिक संजालको प्रयोग गर्दै उनका क्षेत्रका जनताहरुले यसरी लेखेका छन् ।
“हाम्रो ईशनाथ नगरपालिका वडा न.५ जटहारा टोलमा बिधायक जीले गराउनु भएको एउटा पनि काम नाम को बताउन सक्छ ? ५ सालको म्याद थियो तर अहिले सम्म कुनै किसिमको काम गरेको छैन ” हामी यश पाली आफ्नो गाउँ बाट एउटा पनि भोट बिधायक जीलाई दिदैनौू जन्ताहरुको भनाइ रहेको छ।अहिले सम्म खराब भएको बाटो बनेको छैन कसरी भोट दिने ” बर्तमान अवस्थामा प्रदेश सरकारको सहभागितामा समेत रहेको सांसदले विकास नगरे पछि अब हुन लागेको निर्वाचनमा उनी लगायत उनका पार्टी समेतलाई क्षति पुग्ने देखिन्छ ।








