रौतहट, १ भाद्र ।
गरुडा नगरपालिकाको नवनिवार्चित मेयर कन्थमनि प्रसाद जयसवालले आफना नगरभित्र रहेका विद्यालयहरुको मंगलबार अनुगमन तथा निरिक्षण कार्य गर्नु भएको छ ।
नगरक्षेत्र भित्रको विधालयहरु अनुगमनका क्रममा मेयर जयसवालले विधालयहरुमा रहेका विषयबस्तुहरुबारे आफनो समाजिक संजाल फेसबुकमा यसरी प्रतिक्रियाहरु दिएका छन् ।
“आज गरुडा नगरपालिका भित्रका बिभिन्न बिद्यालयको अनुगमन गरियो ।
‘गरुडा नगरपालिका भित्र प्राविधिक शिक्षालय स्थापन गर्न समेत हामिले छलफल गर्यो । यसका लागी आवश्यक कक्षा(कोठा,शिक्षकको पदपूर्ति तथा आवश्यक पुर्वधारको बिषयमा बुझ्यौ ।
सो क्रममा केहि विद्यालयमा भौतिक पूर्वाधार र विषयगत शिक्षकको अभाव रहेको पाइयो ।
विद्यालयमा स्वस्थकर र नैतिक चरित्र निर्माणको वातावरण कायम गर्न आवश्यक व्यवस्था मिलाउने,बालमैत्री विद्यालय भवन र संरचनामा पठ्नपाठन गराउनु पर्ने हुन्छ । यसका लागी राजनीतिक र सामाजिक सहयोग जुटाउने, शिक्षकले पढाउने, अभिभावकले आफ्ना बालबालिकाको पठन संस्कृति सुधारका लागि घरदेखि विद्यालयसम्मको व्यवस्थापन गर्ने र विद्यार्थी पढ्ने काममा दत्तचित्त हुने हो भने मात्र विद्यालयको शिक्षा सुधार गर्न सकिन्छ । जागरुक एवं प्रविधिसंग परिचित युवा शैक्षिक जनशक्ति भित्राउन सके शिक्षण कार्यमा अपेशिक्षत सुधार ल्याउन सम्भव छ ।
आवश्यकताको आधारमा स्थानीय स्तरमा नै पाठ्यक्रम निर्माण गरी समुदायको अपेक्षा र सिकारुको चाहना पूरा गर्न सकिन्छ । । एउटा योग्य, जागरुक एवम् नेतृत्व सीप भएको क्षमतावान प्राध्यापकले विद्यालयलाई सुधारेका थुप्रै उदाहरणहरु छ ।स्थानीय आवश्यकता, उपलब्ध स्रोत, साधन एवम अवसर र सम्भाबनाहरुको समुचित पहिचान र परिचालन गरी शैक्षिक सुधारको निम्ती आवश्यक नीति नियम तयार गर्न गरुडा नगरपालिका तयार छ ।”No description available.

नगरपालिकामा निवार्चित भए देखि नै हरेक क्षेत्रमा सक्रिय देखिएका मेयर जयसवालले लेख्नु प्रतिक्रियाबाट नगरको शिक्षामा प्रबल सुधार हुने आश जनताहरुमा पलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here