१ भदौ, काठमाडौं ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेलले विकास निर्माणमा
अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ ।
बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट
कार्यक्रममा बोल्दै उपाध्यक्ष डा। पौडेलले यस्तो बताउनुभएको हो । उपाध्यक्ष
पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना
परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताउनु भयो । उहाँले
सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताउनु भयो
। उहाँले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव
दिनुभयो । उहाँले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न
समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताउनु भयो ।
उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव
दिनुभयो ।
उहाँले भन्नुभयो,‘ स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ
। ठूला नगरपालिकाहरुले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट
उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट
विशेषमा अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ ।
गाउँपालिको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नु हुन्छ
त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ । अहिले
भविष्य नगरपालिकाहरुकै रहेको छ । माथि ठूला कामहरु मात्रै गर्ने भन्ने भएको
छ । सांसदहरुले भित्रभित्रका साना सडक बनाउनु भनेपनि त्यो बिस्तारै हट्छ ।
संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ त्यसैमा प्राथमिकता दिने हो ।
स्थानीय तहले पाउने राजश्वहरु पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु
परेन । स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली
बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग
ग¥यो भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैँ भेटेर सबैसँग
छलफल गर्नुस् ।’
डा।विश्वनाथ पौडेल,उपाध्यक्ष,राष्ट्रिय योजना आयोग
उहाँले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताउनु भयो
। उहाँले ठूला नगरपालिकाहरुले समेत विषेश बजेट अन्तर्गत सडक निर्माणको
योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here