काठमाडौँ ।

ध्रुवराज राई ले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्ने क्रममा बाँदर नियन्त्रणका विषयमा दिएको अभिव्यक्तिप्रति आशिका तामाङ ले नियमापत्ति जनाएकी छन् ।सांसद राईले आफ्नो भनाइका क्रममा “बाँदरलाई मार्न पाउनुपर्छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै सांसद तामाङले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेकी हुन् ।उनले संसदमा बोल्दै जनावरप्रति हिंसात्मक अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै संसदको मर्यादा र भाषाको संवेदनशीलता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।घटनापछि सभामुखले विषयलाई गम्भीर रूपमा लिएको र संसदको रेकर्ड अध्ययन गरेर आवश्यक निर्णय गरिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here