काठमाडौं,२० साउन,  ।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले पाँच दलीय गठबन्धन सरकारका कारण मधेश र मधेशी जनताको माग पुरा भएको बताएका छन् ।
राज्य मन्त्री यादवले केहीदिन अघि मात्र सरकारले मधेशीको प्रमुख मुद्दा मध्ये एक नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित गरी मधेशी जनताको माग पुरा गरिदिएको बताएका छन् । रौतहटको माधवनारायण नगरपालिका–८ खड्की रजवडामा बिहीबार जनता समाजवादी पार्टीद्धारा आयोजित वडास्तरीय भेलामा राज्य मन्त्री यादवले नागरिकता विधेयक सदनबाट पास भएसँगै मधेशले निरन्तर उठाउँदै आएको मुद्दा सम्बोधन भएको बताए । ल ा े क त न् त्र , ग ण् ा त न् त्र एवं संघीयता विरोधी पार्टी नेकपा एमाले कुनै पनि हालतमा नागरिकता विधेयक पारित नहोस भन्ने चाहेको भएपनि जसपा सहितको पाँच दलिय गठबन्धन सरकारले सो विधेयक पास गरी छाडेको उनले बताए । नागरिकता विधेयकको खुलेर विरोध गर्नेदेखि लिएर त्यसको विरुद्धमा मतदान गर्ने तथा मधेशी जनताको भावनासंग खेलवाड गर्ने नेकपा एमालेका नेताहरुलाई आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मधेशीले राम्ररी सबक सिकाउनुपर्ने धारण उनले राखे । मधेशीलाई अधिकार दिन नचाहने एवं मधेश र मधेशी जनताको विरोधी एमालेका उम्मेदवारलाई आउँदो निर्वाचनमा साथ नदिन आग्रह गर्दै राज्य मन्त्री यादवले मधेशीको हक अधिकारका लागि सधै लड्ने एक मात्र पार्टी जसपालाई  बहुमत सहित जिताउन सबैलाई आग्रह गरे । कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी, वडा अध्यक्ष दिलीप यादव सहित जसपाका नेताहरु राजिव यादव, संजिव यादव, शम्भु यादव, विर्झन राय, तपशी यादव, पारस भण्डारी लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here