रौतहट,२८ आषाढ//रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन शुरु गरेका छन। जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना गरि दिएपछि रौतहटको गौरमा प्रदर्शन शुरु गरेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि ओलीका समर्थकले सडक प्रदर्शन गरेका हुन्।
गौरस्थित विपि चोकमा अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा आजलाई होइन भोलीलाई , १० बर्ष ओलीलाई , केपी ओली आइ लव यु भन्दै उनीहरुले सडक प्रदर्शन गरेका छन् ।








