काठमाडौं,१७ साउन, ।

गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् ।

सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।

उनले कोभिड-१९ महामारीका कारण लगानी भएको केही कर्जामा समस्या रहेको स्वीकार गरेका छन् । ‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’ विज्ञप्तिमा भनिएको छ ।

उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएमा आफ्नो सम्पत्ति बिक्री गरेर भएपनि रकम भुक्तानी गर्ने बताएका छन् ।उनले भनेका छन्, ‘तपाईंहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईंहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here