जनकपुरधाम,१६,साउन  ।

सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोज कुमार थिङ छन् । उनीहरुको जुवाखालबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल समेत बरामद गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here