साउन १६ गते ।

नेपाल राष्ट्र बैँकको पछिल्लो तथ्यांक अनुसार बैँक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा १ खर्ब १२ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ।बैँक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेका छन्। तीमध्ये पनि गैर खाद्यवस्तु उत्पादनतर्फ ५१.६९ प्रतिशत कर्जा प्रवाह गरेको तथ्यांक छ। बैँक तथा वित्तीय संस्थाले गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१ प्रतिशत कर्जा प्रवाह गरेको छ।

यस्तै, कृषि-वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २५.६० प्रतिशत, निर्माण उद्योगतर्फ १४.३०, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुको सामान उत्पादनतर्फ ६.९० प्रतिशत, खानी उद्योगतर्फ १.११ प्रतिशत र विद्युत ग्यास तथा पानी उद्योगतर्फ ०.४० प्रतिशत कर्जा प्रवाह गरेको छ।राष्ट्र बैँकको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्माण उद्योगतर्फको कर्जामा ११.३४ प्रतिशत र विद्युत ग्यास तथा पानीतर्फको कर्जामा ७.५९ प्रतिशतले ह्रास आएको छ।

धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उत्पादन, खानीसम्बन्धी उद्योग, गैरखाद्यवस्तु उत्पादनतर्फको कर्जामा वृद्धि भएको हो। कोडिभ-१९ को प्रकोप सामान्य भएपछि औद्योगिक क्षेत्रको गतिविधि र उत्पादन वृद्धि तथा बजार माग वृद्धि भएको राष्ट्र बैँकको ठम्याइ छ। धेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले एक खर्बभन्दा बढी रकम उद्योग क्षेत्रलाई कर्जा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here