धनुषा,९,साउन ।

धनुषामा चोरीको समानसहित एक युवक पक्राउ परेको छ । आइतबार चोरी गरेको आरोपमा कमला नगरपालिका ५ का २१ वर्षीय मनोज यादव समानसहित पक्राउ परेको हो । सीसीटिभि र फोन लोकेसन ट्रयासको अधारमा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनले शनिबार रातिको समयमा जनकपुरधामस्थित कदम चोकको खुश्वु कोल्ड स्टोरबाट ल्यापटप, खाने र पिउनेसमान चोरी गरेका थिए । पक्राउ परेका यादव सोही कोल्ड स्टोर नजिक कोठा भाडा लिएर बस्दै आएका थिए । यादव धनुषा प्रहरीको हिरासतमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here