जनकपुर,२,साउन ।

मधेश प्रदेश सरकारले संसदीय क्षेत्र विकास कार्यक्रमको कार्यविधि संशोधन गर्ने भएको छ । चालु आर्थिक वर्षमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएकोले त्यसलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले उक्त कार्यक्रमको कार्याविधि संसोधन गर्न लागेको हो । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्दप्रसाद साहका अनुसार संसदीय क्षेत्र विकास कार्यक्रमको कार्यविधिलाई संशोधन गर्न साउन मसान्त भित्रमा सांसदहरुले योजना छनोट गरी सम्बन्धित निकायमा बुझाउने प्रावधान राखिने छ भने सांसदहरुलाई ठूल ठूला योजना राख्ने प्रावधान राखिने छ । अहिले प्रदेश सांसदहरुले पुस मसान्त सम्म योजना छनोट गरेर मात्रै सम्बन्धित निकायमा बुझाउने गरेका थिए । मन्त्री साहले अव बस्ने मन्त्रिपरिषद्को वैठकमा संसदीय क्षेत्र विकास कार्यक्रमको कार्यविधि संशोधन सम्बन्धी प्रस्तावमा निर्णय हुने बताए । यो वर्षमै प्रदेश सभाको निर्वाचन हुने भएकोले चुनाव अघि नै योजनाहरु सम्पन्न गर्न सक्ने उद्देश्यले सांसदहरुले कार्यविधि संशोधनमा जोड दिएका छन् । यसै वर्षमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने भएकोले संघीय सरकारसहित अधिकांश प्रदेश सरकारले संसदीय क्षेत्र विकास कार्यक्रम चालु आर्थिक वर्षमा हटाएको छ । तर मधेश प्रदेश सरकारले आलोचना पछि पनि चालु आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here