रौतहट,मंसिर २० गते । हाम्रो समाजमा हुने लैंगिक हिंसा विरूद्व कडा प्रतिकार गरिनुपर्ने राजपुर नगरपालिकाका नगर प्रमुख डा।राजिक आलमले बताउनु भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।
वहाँले भन्नुभयो,जबभ्रुण हत्या गरिन्छ,त्यहीँबाट महिला हिंसाको सुरू हुन्छ । जब पेटमा नै बच्चा मारिन्छ त्यो भन्दा ठूलो
हत्या,हिंसा यो संसारमा केहि हुन सक्दैन । यसलाई हामीले रोकनु पर्दछ । त्यस्तै बालविवाह हुनु नै लैंगिक हिंसा हुनुमा एक कारण पनि हो । बालविवाह पनि रोकिनु पर्दछ ।
लैंगिक हिंसा हुनुको एउटा अर्को कारण हो दाईजो प्रथा, जब सम्म यो प्रथा हाम्रो समाज बाट हट्दैन तब सम्म महिला हिंसा अन्तय हुनै सक्दैन । यी हिंसाहरूको अन्तय गर्न बौद्विक वर्गले बोल्दैन्न । पढेलेखेका मानिसहरूले यसको विरूद्वमा बोल्नु
पर्दछ । मौन बस्नु हुँदैन,हिंसाको विरूद्व आवाज उठाउनु पर्दछ ।
एउटा फरक प्रसंगमा मेयर आलमले भने राजपुर नगरपालिकामा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको छ । हाम्रो नगरपालिकामा महिलाको जनसंख्या बढ्नु भनेको महिला हिंसा विरूद्वको आवाज बुलन्द हुनु हो । महिला समाजको गहना हो । त्यसैले घरघरमा हुने महिला हिंसा विरूद्व हामी लागनु पर्दछ ।
नगर प्रमुख आलमको अध्यक्षतामा लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान कार्यक्रम भव्य र सभ्य रुपले मनाईएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपप्रमुख जमिला असगरी रह्नु भएको थियो भने विशिष्ट अतिथीको रूपमा प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहित सम्पूर्ण वडाको वडा अध्यक्ष लगायत कर्मचारी तथा स्थानिय भद्रभलादमी,बुद्धिजीवीहरू,प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।







