काठमाडौं,३२,असार ।

भन्सार छलीको स्वास्थ्य सामग्रीसहित तीन जना भारतीय नागरिक जनकपुरधामबाट पक्राउ परेका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकबाट एक रोड मूल्य बराबरको स्वास्थ्य सामग्रीसहित उनीहरु पक्राउ परेका छन् । भन्सार छली स्वास्थ्य सामग्री भारतबाट नेपाल ल्याइ बिक्रि गर्ने गरेको गोप्य सूचनाको आधारमा छापामारी गर्दा समानसहित तीनै जना भारतीय नागरिकलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक राइले जानकारी दिए । उनका अनुसार भारत मधुवनी जिल्ला जयनगर थानाका ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुरका ६० वर्षीय शंकर सिंह र पटना सिरसियाका २३ वर्षीय सुरज सिंह पक्राउ परेको छ । उनीहरु संकट मोचन मन्दिरको छेउमा विनय कुमार झाको घरमा डेढ वर्षदेखि कोठा भाडा लिएर उक्त कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । घरमा बसेर भारतबाट विभिन्न स्वास्थ्य सामग्री भन्सार छली गरी नेपाल ल्याइ अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुमा बिक्रि गर्ने गरेका थिए ।

पक्राउ परेकाहरु धनुषा प्रहरीको हिरासतमा छन् । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ । सामान आइतबार भन्सार कार्यालय जनकपुरमा पठाउने बताइएको छ ।प्रहरीले बीआर ०१ पीके ६६६६ नम्बरको भारतीय स्कार्पियो पनि बरामद गरेको छ । तर स्वास्थ्य सामग्री एक करोडको भनिए पनि नाम खुलाउन प्रहरीले मानेका छैनन् । पटकपटक सामग्रीबारे जानकारी लिन खोज्दा प्रहरीद्वारा प्रस्ट रुपले सामग्रीको नाम उपलब्ध गराएनन् । यस्तै, प्रहरीले शुक्रबार नै ३५ हजार आठ सय ७४ रुपैयाँ बराबरको चाँदी पनि बरामद गरेको छ । धनौजी गाउँपालिका ५ बहुअर्वा चोकबाट साढे तीन सय ग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो । ज.७.प. २७५६ नम्वरको मोटरसाइकलबाट नेपाल तर्फ आउने क्रममा चेकजाँच गर्दा सो समान बरामद भएको थियो । प्रहरीले मोटरसाइकलसहित भारतका २३ वर्षीय कमलेश कुमार साह र जनकपुर उप– महानगरपालिका २० रूपैठाका २४ वर्षीय पंकज साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here