काठमाडौं,३२,असार  ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुले सही विचारका लागि गठबन्धन गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिएका थिए । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने उनले बताएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको टिप्पणी गरे । उनले नेताहरुलाई भने, ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने । ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here