काठमाडौं,३१,असार  ।

सन् २०१९ मे मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग टु को घोषणा गरेको थियो । जसमा एकदिवसीय वरीयतामा रहेका १४ देखि २० स्थानसम्मका ७ राष्ट्रका टोलीले ३ वर्षको बीचमा कूल ९ त्रिकोणात्मक शृखंला (३६ खेल) खेल्ने गरी शृखंला तय गरिएको थियो । यो प्रतियोगिता नियमित रुपमा आयोजना हुन सकेको भए सन् २०२२ को जनवरीमै सकिने थियो । कोरोना महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित रह्यो । जम्मा २१ शृंखला मध्ये १४औं शृंखला अहिले स्कटल्याण्डमा भइरहेको छ । जहाँ घरेलु टोली स्कटल्याण्डसहित नेपाल र नामिवियाले प्रतिस्पर्धा गरिरहेका छन् ।शृखंलामा नेपालले दुई खेल खेलेको छ र लिग टु मा आधा अर्थात १८ खेल पूरा गरेको छ । नेपालले जारी शृंखलाको बाँकी दुई खेलका अलावा अझै चारवटा शृंखला खेल्न बाँकी छ ।

लिग टु मा नेपालले अहिलेसम्म चार शृंखला खेलेको छ । अहिले खेलिरहेको शृखंला पाँचौ हो । ३६ मध्ये १८ खेल खेल्दा नेपालको जित करिव आधामात्र छ । नेपालले ८ खेल जित्दा ९ खेलमा हार बेहोरेको छ । एक खेल बराबरी हुँदा नेपालले अंक बाँडेको थियो । ७ टिम सहभागी लिग टु मा नेपाल अहिले पाँचौ स्थानमा छ । नेपाल भन्दा पछि नामिबिया (१६ अंक) र पपुवा न्युगिनी (२) अंक छ ।लिग टु मा आफ्नो सबै शृखंला खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ र शीर्ष तीनमा रहँदै विश्वकपको मुख्य छनोट खेल्ने लगभग पक्का छ । बाँकी ६ टिम भने शीर्ष तीनमा पर्नका लागि प्रतिस्पर्धमा छन् । २० खेलबाट जम्मा एक खेल मात्र जितेको पपुवा न्युगिनी यो होडबाट लगभग बाहिरिसकेको छ ।सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा खेल्दै लिग टु मा डेब्यू गरेको नेपालले त्यसपछि ओमान, युएई र अमेरिकामा शृखंला खेलिसकेको छ ।

नेपालले नेपाल, अमेरिका र ओमानसम्मिलित तीनवटै शृंखला खेलिसकेको छ । युएई र पपुवा न्युगिनी सम्मिलित एक शृखंला खेलेको छ ।कीर्तिपुरमा भएको पहिलो शृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । ओमानविरुद्ध भने नेपालले दुवै खेल गुमायो । त्यसपछि २०२१ सेप्टेम्बरमा ओममान भएको शृखंलामा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा दुवै टिमसँग एक एक खेलमा भने पराजित भयो ।त्यसपछि २०२२ मार्चमा युएईमा भएको शृंखलामा नेपालले पपुवान्यु गिनीलाई दुवै खेलमा हरायो भने युएईसँग दुवै खेलमा पराजित भयो । सुरुवाती तीन शृखंलामा नेपालको जित–हारको अनुपात ५० प्रतिशत थियो ।अमेरिकामा गत जुनमा भएको शृंखलामा भने नेपालले ओमान विरुद्ध एक खेलमात्र जित्यो । ओमान र अमेरिकासँग एक एक खेलमा पराजित भएको नेपालले अमेरिकासँगको एक खेल भने बराबरी गरेको थियो ।नेपालले लिग टु का ६ वटै विपक्षीसँग खेलिसकेको छ । जसमा ओमान, अमेरिका, पपुवा न्युगिनी र स्कटल्याण्डलाई नेपालले हराएको छ । तर युएईसँगको दुवै खेल र नामिबयासँगको एक खेलमा भने नेपाल पराजित भएको छ । लिग टु मा पपुवा न्युगिनी र स्कटल्याण्डसँग नेपाल अपराजित छ । ओमान र अमेरिकासँग भने मिश्रित नतिजा निकालेको छ ।नेपालबाट लिग टु मा अहिलेसम्म कुनै पनि ब्याटरले शतक प्रहार गर्न सकेका छैन । आसिफ शेख र रोहित कुमार पौडेलले सर्वाधिक ४०७ रन बनाएका छन् र लिग टु मा धेरै रन बनाउनेमा उनीहरु संयुक्त रुपमा २६ औं स्थानमा छन् । आरिफ शेखले ३४७ र कुशल भुर्तेलले ३३२ रन बनाएका छन् । नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ९० रन हो ।लिग टु मा ओमानका जतिन्दर सिंहले ३६ खेलमा सर्वाधिक एक हजार ९८ रन बनाउँदा ओमानकै कप्तान जिसान मक्सुदले ३४ खेलमा ९६९ रन बनाएका छन् ।बलिङतर्फ कप्तान सन्दीप लामिछाने र करण केसी समान ३७ विकेट लिएका छन् । सन्दीप र करण नेपालबाट लिग टु मा सबै १८ खेल खेल्ने खेलाडी पनि हुन् । लिग टु मा धेरै विकेट लिनेमा यी दुई संयुक्त रुपमा पाँचौ स्थानमा छन् ।सोमपाल कामीले १४ खेलमा २० र सुशन भारीले १० खेलमा १४ विकेट लिएका छन् । ओमानका बिलाल खानले ३५ खेलमा सर्वाधिक ७६ विकेट लिँदा ओमानका कप्तान मक्सुदले ३४ खेलमा ४७ विकेट लिएका छन् ।लिग टु मा नेपालले अझै आधा अर्थात १८ खेल खेल्न बाँकी छ । दुई खेल अहिले स्कटल्याण्डमा चलिरहेको शृखंलामा खेल्नेछ । त्यसपछि नेपालले चार शृखंलाको १६ खेल खेल्न बाँकी हुनेछ ।नेपालले स्कटल्याण्डमा जारी शृखंला अन्तर्गत बाँकी दुई खेलमा शनिवार नामिबिया र आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।स्कटल्याण्ड शृखंला खेलेपछि नेपालले लिग टु को सबै विपक्षीसँग खेलिसक्नेछ । यस्तोमा नेपाललाई विपक्षी बारे जानकारी हुनेछ । त्यसैले आगामी शृखंलामा खेल्नु अघि नेपालले त्यही अनुसार तयारी गर्न पाउनेछ ।नेपालले अब खेल्ने चार मध्ये दुई शृखंला घरेलु मैदानमा र दुई शृखंला बाहिर हुनेछ । तर अहिलेसम्म कुन शृंखला कहा हुने तय छैन ।नेपाल, स्कटल्याण्ड र नामिबिया अनी नेपाल,युएई र पपुवा न्यु गिनी सम्मिलित एक एक शृखंला नेपालमा हुनेछ भने नेपालले नामिबया र पपुवा न्यु गिनरी गएर एक एक शृंखला खेल्नुपर्ने हुन्छ । तर आईसीसीले अझै पनि बाँकी शृंखला कहाँ हुने सार्वजनिक गरेको छैन ।

बाँकी शृंखलाहरु आगामी सेप्टेम्बर, नोभेम्वर र अर्को वर्ष फेब्रुअरीसम्म हुने सम्भावना छ । नेपाल क्रिकेट संघ –क्यान) पनि दुई शृखंला घरेलु मैदानमै गराउने तयारीमा छ । अर्को वर्ष फब्रुअरीसम्म लिग टु को सबै शृंखला सकाउने आईसीसीको तयारी छ । यदी सबै शृंखला सकिएको जित प्रतिशतको आधारमा टिमको स्थान तय हुनेछ ।ग्लोबल छनोटमा सजिलै पुग्ने हो भने नेपालले शीर्ष स्थानमा लिग टु सकाउनुपर्नेछ र त्यसका लागि बाँकी रहेको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै सकेसम्म धेरै खेल जित्नुपर्ने हुन्छ ।स्कटल्याण्डमा शृखंला खेल्न जानुअघि कप्तान सन्दीप लामिछानेले तीन खेल जित्ने लक्ष्य रहेको सुनाएका थिए । त्यसो भएमा आगामी शृंखला र बाँकी खेलका लागि योजना बनाएर अघि बढ्न सजिलो हुने उनको भनाई थियो । स्कटल्याण्डमा नेपालले एक जित र एक हारको नतिजा निकालेको छ । अब दुई खेल खेल्न बाँकी छ । यदी सन्दीपले भनेजस्तै नतिजा ल्याउन नेपालले बाँकी दुवै खेल जित्नुपर्नेछ ।त्यसपछि घरेलु मैदानमा हुने शृंखलामा राम्रो गर्न सके नेपाललाई फाइदा पुग्नेछ ।एकदिवसीय विश्वकप सन् २०२३ अक्टोबर–नोभेम्बरमा भारतमा हुनेछ । त्यसका लागि ग्लोबल छनोट २०२३ को जुन जुलाईमा जिम्बावेमा हुने तय छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । बाँकी चार टिले भने च्यालेन्ज लिगबाट आउने उत्कृष्ट दुईसँग ६ टिम समावेश क्वालिफायर प्लेअफ खेल्नेछ । त्यसबाट शीर्ष दुई टिम ग्लोबल छनोटमा पुग्नेछ । त्यसबाट अहिले सुपर लिग खेलिरहेका १३ मध्ये अन्तिम ५ मा रहने टिमले पनि ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछ र शीर्ष दुई टिम विश्वकपमा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here