भारतीय महाबाणिज्य दुतावासले बाडिपिडित सामग्री प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय महाबाणिज्य दुत नितेश कुमारले ३हजार थान टेन्ट सहयोग स्वरुप नेपाल सरकारलाइ प्रदान गर्नु भएको हो । वीरगन्जको अलौ स्थित आइसिपि परिसरमा आयोजित एक कार्यक्रममा भारतीय महाबाणिज्यदुत कुमारले पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई उक्त बाडिपिडित विपद् राहत सामग्री हस्तान्तरण गर्नु भएको हो ।कार्यक्रमा बोल्दै भारतीय महावाणज्य दुत नितेश कुमारले विगतमा बाडिपिडि सामग्री लगायत विभिन्न सहयोगहरु विभिन्न सघ सस्थाको माध्यमद्धारा नेपाली जनतालाई सहयोग गरिए पनि यो बर्ष नेपाल सरकारलाई नै हस्तातरण गरिएको बताउनु भयो ।भारतीय सरकारले नेपाल सरकारलाई आपत विपतको घडिमा सहयोग गर्दै आएको बताउदै पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले भारत सरकारले नेपाली जनतालाई गरेको सहयोग सराहनिय भएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।यसै गरि भारत सरकारले नेपालीलाई बाडिपिडित सामग्री प्रदान गरेको छ ।उक्त सामग्री हस्तान्तरण गर्ने मुख्य कार्यक्रम शुक्रबार काठमाडौंमा समेत भएको छ ।उक्त सामग्री भारत सरकारको तर्फबाट नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गर्नुभएको थियो । राहत सामग्रीमा ठूला आकारका टेन्ट र फुल्ने डुङ्गाहरू रहेका छन् ।थिए। उक्त सहयोग भारत सरकारले उपहार नेपाल विकास साझेदारी सहयोग अन्तर्गत नेपाललाई विपद् राहत सहयोगको एक हिस्सा भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here