काठमाडौं,१९,असार ।
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।काठमाडौं प्रहरी परिसरका एसपी मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।








