काठमाडौं,१७,असार ।

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषण पाउनेको संख्या वर्षेनि बढिरहेका बेला यसमा प्रयोग हुने सुनको परिमाण घटनाउने निर्णय गरेको हो ।सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुन प्रयोग हुने नेपाल रत्न पदकबाट ८५ ग्राम सुन घटनाएर अब ९० ग्राम मात्रै राख्ने निर्णय गरिएको छ । यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हिरा पनि प्रयोग हुन्छ ।राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राम मात्र प्रयोग गरिने  छ ।महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग हुनेमा अब ८५ ग्राम मात्रै प्रयोग हुने भएको छ । यो पदकमा १०० ग्राम चाँदी पनि प्रयोग हुने गर्छ ।उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयमा ९० ग्राम सुन प्रयोग हुने गरेकामा अब ६० ग्राम मात्रै प्रयोग हुने भएको छ ।सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ३० ग्राम मात्रै प्रयोग हुने भएको छ ।कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ३५ ग्राम सुन प्रयोग हुने गरेकामा अब २० ग्राम मात्रै प्रयोग हुने भएको छ । यसमा १५० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।राष्ट्रदीप पञ्चम श्रेणीमा ६ ग्राम सुन प्रयोग हुँदै आएको थियो । यसलाई यथावत् राखिएको छ ।सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीतर्फ १२० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८४ ग्राम सुन मात्रै राखिने छ । यसमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीतर्फ ८५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ५९ ग्राम मात्रै प्रयोग हुने छ । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्राम सुन प्रयोग भएकामा अब २५ ग्राम प्रयोग हुने भएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here