काठमाडौं,१७,असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने
कुरामा कुनै कानूनी समस्या नहुने बताउनुभएको छ ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानून
विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताउनुभएको
हो । उहाँले सरकारको १५ औँ पञ्चवर्षीय योजनामा  विषय आइसकेको उहाँले हाल
कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी
जनशक्ति विकास गर्न पर्याप्त नहुने बताउनु भयो । राष्ट्रपति भण्डारीले
मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्नसक्ने दक्ष कानूनी
जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास
गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा
मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने
देखिन्छ । मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरुको सामना
गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा
संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै
अघि लैजान अति आवश्यक छ । यस विषयमा सरकार र सरोकारवाला निकायहरुले समयमै
गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानून विषयको अध्ययन, अध्यापन र
अनुसन्धानलाई अझै उन्नत, बनाउन कानून विश्व विद्यालयको अवधारणामा पनि
पर्याप्त छलफल र वहस शुरु हुने अपेक्षा लिएकी छु । नेपाल सरकारको १५ औँ
पञ्चवर्षी योजनामा यो विषय आइसकेको हुँदा यसलाई स्थापना गर्नको लागि कुनै
कठिन कानूनी समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रपति भण्डारीले कानून शिक्षालाई समय सापेक्ष, व्यवहारिक,
अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको
बताउनु भयो । कानूनी शिक्षा नै कानूनी शासन स्थापनको आधार भएको बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here