धनगढी,१७,असार ।
कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए ।खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् ।तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








