असार १५ गते । जिल्ला समन्वय समिति रौतहटका नवनिर्वाचित प्रमुख रामअयोध्या यादव आज कार्यभार सम्हालेका छन् ।

गौर नगरपालिकाको सभा हलमा सपथ ग्रहण गरेलगत्तै जिल्ला समन्वय समिति रौतहटको कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाले पछी उनले बाकी उप(प्रमुख लगायतका पदाधिकारीहरुलाइ सपथ ग्रहण गराएका हुन् ।
कार्यभार सम्हाले पछी नवनिर्वाचित पदाधिकारीहरुले मानव सेवाको लागी रौतहटका सबै स्थानीय तहबाट समन्वय र सहकार्य गरि आर्थिक जुटाइ एम्बुलेन्स सेवा खरिद गर्ने पहिलो निर्णय गरेका हुन् ।

साथै जिल्ला समन्वय समिति रौतहटका कर्मचारीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाइ लाई भव्य स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here