रौतहट,१५,असार ।
रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।नेपाल प्रहरीको घुमुवा हु भन्दैँ डिडने चन्द्रपुर नगरपालिका वाड नम्बर ९ सिन्धरेघारीका सुमन बस्नेलाई हिरासतमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।चन्द्रपुस्थित सम्झना होटल तथा तिवारी होटलमा बसेर आफू नेपाल प्रहरीको घुमुवा हो भन्दैँ आम नागरिकमाथि अभद्र व्यवहार गरेको र थर्ककाइरहेको गोप्य सूचना पाएलगत्तै ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाइै सोमबार साँझ पक्राउ गरेको थियो ।पक्राउ परेको बस्नेमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








