रौतहट, १४ असार ।
वर्षाका कारण बागमती नदिको जलस्तरमा बृद्धि भएपछि सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोलीले रौतहटको दक्षिणी भेग राजदेवी नगरपालिकाको तटीय क्षेत्रमा निरिक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, नेपाल प्रहरी प्रमुख एसपि बिनोद घिमिरे, सशस्त्रका प्रहरी प्रमुख एसपि ध्रुव कार्की र राजदेवी नगरप्रमुख भिखारीराय यादव सहितको टोलीले अवस्था तथा बाँधको बारेमा स्थलगत निरिक्षण गरेको हो । लगातार परेको पानीका कारण बागमती नदिमा पानीको बहाव बढ्दा राजदेवी नगरपालिकाको ब्रह्म्पुरी,कटरवन लगाएतका दुर्गाभगवती,माधवनारायण र गढिमाइ स्थानीय तहका बिभिन्न स्थानमा डुबान र कटान हुने सम्भावित ठाउँहरुमा सो टोलीले निरिक्षण गरेको हो । निरिक्षणको क्रममा स्थानीय जनप्रतिनिधी र प्रशासनलाई सतर्क अवस्था रहन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here