रौतहट १४ असार ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ८ को श्री रामचन्द्र माध्यमिक बिधालयमा दुइ कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको आइतवार एक कार्यक्रमका बीच नगर प्रमुख कन्थमनी जयसवाल र उपप्रमुख पुनम कुमारी चौधरीले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास पछि बिधालयमा भवनको अभाव केही हद सम्म पूर्ति हुने भएको छ ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव,बिधालयका प्रधानाध्यापक मौजैलाल साह ,शेख बैदुल्लाह आलम , शेख सलाउद्दीन ,समाजसेवी गौरीशंकर पाल, शेख मोहम्मद सदरे आलम लगायत विभिन्न पार्टीको स्थानीय नेता र समाजसेवी बुद्धिजीवी शिक्षक–शिक्षिका, छात्रछात्रा, स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
यसै नगर प्रमुख जयसवालले सो क्रममा बिधालय अनुगमन समेत गर्नु भएको थियो ।








