रौतहट गौर नगरपालिकाको १० औ नगर अधिवेशन सभा सम्पन्न भएको छ । रौतहट, गौर नगरपालिकाले आयोजना गरेका १० औ नगर अधिवेशनमा नगर प्रमुख शम्भु साहले आ।व।२०७८र०७९ को विनियोजीत रकम छुट्टाछुट्टै निकायले दिएको रकम प्रस्तुत गरेका छन मेयर साहले विभिन्न विनियोजित रकम मध्ये संघिय सरकारबाट वितिय सम्मानिकरण अनुदान रकम रु।१२ करोड ८३ लाख रहेका त्यस्तै प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार,रहेको छ। त्यस्तै संघीय सरकार प्राप्त वाडफाड रकम रु।

५ करोड ९३ लाख ५४ हजार,त्यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व वाडवाट रकम रु।५२ लाख ८१ हजार, संघीय सरकारबाट सशर्त अनुदान रकम रु।२३ करोड ३ लाख ६ हजार रहेको छ,त्यस्तै आन्तरिक आय तर्फ ५ करोड ६४ लाख लगायतको जम्मा रकम रु ५२ करोड ८५ लाख ५९ हजार प्राप्त रहेका साहले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here