काठमाडौं,२,असार  ।

सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।पक्राउ परेका सक्सेनाको साथबाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here