जेष्ठ २७, एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प गएको छ ।

सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६।० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ९सिइएनसी० ले जनाएको छ ।

तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२।२५ डिग्री उत्तर अक्षांश र १०१।८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

यसअघि शुक्रबार यस सहरमा ५।८ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here