l;+rfOdGqL /f;;;Fu sf7df8f}F, @( r}t . pmhf{, hn;|f]t tyf l;+rfOdGqL jif{dfg k'g /fli6«o ;dfrf/ ;ldlt -/f;;;Fu cGt/jftf{ lbg'x'Fb} . t:jL/ M /Tg >]i7, /f;;

जेठ २५ ,काठमाडौं । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभएको हो । उहाँले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन । समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’

त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो । संयन्त्र छ । आचारसंहिताहरु छन् । मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन । र अहिले पछिल्लो बेलामा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ ।’

उहाँले गठबन्धनका शिर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here