२०७८ ,२१ भाद्र ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चोकमा आज साझ एक युवकको शव बरामद भएको छ। लंगडी चोकमा रहेको मारिया मनी ट्रान्सफर छाना माथी शब रहेको प्रहरीले जनाएका छन।मनी ट्रान्सफर छाना माथी युवकको शव देखे पछी ईलाका प्रहरी कार्यालय लंगडी लाई जानकारी दिएपछी घटना स्थलमा प्रहरीको टोली पुगी शव बरामद गरेका छन।प्रहरीका अनुसार लंगडी चोकमा रहेको मारिया मनी ट्रान्सफरको छाना बाट भित्र जान खोज्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।मृत अवस्था रहेको शब दुई तीन दिन देखि छानामा रहेको हुनसक्ने अनुमान लगाइएको छ। शव बाट गन्ध आईरहेको प्रहरीले जनाएका छन। मृतक को प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्षको रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ।घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुलका उठाई अहिले सम्म मृतक को पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन।मृतकको शव लाई पोस्टमार्टम को लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएका छन। प्रहरी ले घटना स्थल बाट रिन्च,चाकु,छुरा समेत बरामद गरेका छन।








