जनार्दन शर्माले बीरगन्ज चिनी कारखाना र कृषि औजार कम्पनीलाई सरकारले यसै बर्ष संचालन ल्याउने दाबी गर्नु भएको छ । सरकारले चिनी कारखाना संचालनको लागि काम अगाडी बढाइसकेको बताउँदै अर्थमन्त्री शर्माले जसरी पनि यो बर्ष दुर्ब कारखाना संचालन हुने ठोकुवा गर्नुभयो ।बीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं बार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले बीरगन्ज नेपालको महत्वपूर्ण क्षेत्र र व्यापारिक केन्द्र भएको बताउनु भयो । सरकार उद्योग व्यापारलाई प्रोत्साहन दिने पक्षमा रहेको तथा कुनै उद्योग बन्द होस भन्ने पक्षमा सरकार नरहेको अर्थामन्त्रीशर्माको भनाइ थियोे ।
।कार्यक्रममा सहभागी वक्ताहरुले वीरगन्ज महानगरसंग सरकारले सौतेला व्यवहार गरेको टिप्पणीमा अर्थमन्त्री शर्माले हामीले बीरगन्जलाई अत्याधिक माया गरेको भएपनि महशुस गराउन नसकेको जिकिर गर्नु भएको थियो ।सरकारले बजेट मार्फत फास्ट ट्रयाक,निजगढ अन्तराष्ट्रिय एयरपोर्ट,बीरगन्ज चिनी कारखाना एवं कृषि औजार कम्पनी संचालन लगायतका कार्यक्रमहरु ल्याएको चर्चा गर्दै यी कार्यक्रमहरुले बीरगन्जवासी तथा मधेशलाई फाइदा हुने कुरामा मन्त्री शर्माले जोड दिनु भयो ।
सरकारले नेपाल समृधको नाराको साथ बजेट बनाएको बताउदै शर्माले गरिब, दलित, किसान एवं पछडिएका बर्गको उथानका लागि कार्यक्रममा बजेटमा समावेश गरेको तथा गरिब जनताको घर निर्माण गर्ने कार्यक्रमहरु बजेटमा समावेश गरेको बताउदै यी सब कार्यक्रमहरुबाट बीरगन्जवासी लभान्भित हुने बताउनु भयो । उनले सरकारले उद्योगीहरुलाई बिभिन्न सहुलितहरु प्रदान गरेको तथा आयात निर्यातमा छुटको कार्यक्रम ठोकुवा गर्नु भयो ।कार्याक्रममा मधेश प्रदेशमा उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा,बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उद्योगपती अशोक बैध,अशोक टेमानी,गणेश लाठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतले सरकारले बजेटमा बीरगन्जलाई खासै सम्बोधन गर्न नसकेको प्रति ध्यानाकर्षण गराएका थिए बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुबोध गुप्ताको अध्यक्षतामा संघको सभाहलमा सम्पन्नको कार्यक्रममा बीरगन्जको समाजिक तथा व्यापारिक क्षेत्रका समस्याहरुलाई उठान गर्न पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याए वापत पर्साका पत्रकार बिजय चौहान,मनोज पटेल,जियालाल साह,माधुरी महतो, सुरेश विडारी,विमला गुप्ता,राकेश साह र सुर्यनारायण विकलाई प्रशंसा पत्रको साथमा सम्मानित गरेको थियो । त्यसैगरी सधारण सभाको उद्घाटन सत्रमा बिभिन्न समाजिक व्यक्तित्व एवं प्रतिष्ठित उद्योगपती एवं कम्पनीहरुलाई पनि संघले सम्मानित गरेको छ ।








