रौतहट, १८ जेठ ।
फतुवा विजयपुर नगरपालिका वडा नं.२ सितलपुर बैरगनियाका नवनिर्वाचित वडा अध्यक्षले शिक्षा, कृषी र स्वास्थ्य आफनो मुख्य प्राथमिकतामा  रहेको भन्दैं कार्यभार सम्भालेका छन् ।
बुधबार धार्मिक विधि विधान अनुसार पसजापाठ गर्दै काममा खटिएका नव निर्वाचित वडा अध्यक्ष अनिरुद यादवले सर्वप्रथम शिक्षामा भएको कमि कमजोरीलाई मध्य नजर गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्नुको साथै गुणस्तरीय शिक्षक, शिक्षिका भवन डेस्क लगायतका व्यवस्थापन गरिने बताएका छन् । May be an image of 6 people and people standing
आफनो वडा नं. २ सितलपुर बैरगनिया अन्तर्गत सम्पूर्ण छोरीहरुलाई जन्म लिने वितिकै दुई हजार रुपैया पुरस्कार वापतको वडाको तर्फबाट प्रदान गरिने, प्रत्येक साल वडाको बजेट सम्पूर्ण जनता माझ प्रतिवेदन सार्वजनिक गरिनुका साथै वडाले पाउने बजेट अनुसार कृषि तर्फ कृषि विधुतीकरण, बोरिङ्ग लगायतका सुबिधा किसानलाई दिने घोषणा गरिएको छन् ।
बुधबार वडा कार्यालय भवन उदघाटन पश्चात पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भएको हो । मलाइ जनताले जुन जिम्मेवारी दिएको छ त्यसमा म खरो उत्रिने प्रयास गर्ने र उक्त कार्यका लागि सबैको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता समेत गर्नु भएको छ । सो अवसरमा नव निर्वाचित वडा सदस्यहरु प्यारेलाल यादव , सेरबहादुर पटेल दलित महिला वडा सदस्य नैना देबी पासवान , महिला वडा सदस्य राजकुमारी देबी यादव , वडा सचिव उमेश कुमार सोनी लगायत भद्रभलादमी, बुद्धिजिवी, स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here