काठमाडौं चैत्र ०६ ।
टेम्पो दुर्घटनामा परेर पर्सामा एक जनाको मृत्यु भएको छ । जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २०३-००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान ३ः३० बजेतिर दुर्घटना भएको छ ।
टेम्पो दुर्घटनामा परेर घाइते भएका अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







