सिरहा १७ जेष्ठ।
सिरहामा एक महिला घरायसी विवादका कारण निर्घात कुटिएकी छन ।
घर अगाडि रहेको फूटेको प्लास्टिकको मुढा बाटोमा फालेको निहुँमा भएको विवादले उग्ररुप लिएपछि जिल्लाको गोलबजार नपा १३ सिमराका ४५ वर्षीय कुमारी रेखा सिंह आफ्नै छिमेकी करिव ३० वर्षीय दिपेन्द्र सिंहबाट सोमबार विहान कुटिएकी हुन् । रेखाले घर अगाडि आँगनमा अरु कसैले राखेको प्लास्टिकको फुटेको मुढा सडकमा फालेकै विषयलाई अनावश्यक निहँुखोज्दै घरै पसेर कुटपिट गरेको आरोप लगाएका छन् । उनले मैले फालिसकेको प्लास्टिक ल्याएर मेरै आँगनमा राखेर गाली बइजति गर्दै कुटपिट समेत गरेको जनाए । कुटपिटबाट घाइते भएका सिंहको गोलबजारस्थित लाँग लाइफ हेल्थ केयर सेन्टरमा उपचार भईरहेको उनको श्रमान् विक्रमादित्य महतोले जानकारी दिए । महिलाको हात, पेट र छातीमा चोट लागेको जनाएको छ। उनका अवस्था सामान्य रहेको छ ।








