नयाँ दिल्ली, जेठ , १४ । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त दुर्घटनामा सात जना भारतीय सैनिक मृत्यु भयको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त दुर्घटनामा ११ जना घाईते भएको जनाइएको छ । घाईतेहरुको उपचार पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here