काठमाडौं ,१२, जेठ।

मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको छ । बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खस्न सुरु भएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरका जनताको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here