साउन २१ गते ।

नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ ।यसअघि आइतबार बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे । केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here