रौतहट, १० जेठ ।
रौतहटका १८ स्थानिय तह मध्येका गुजरा नगरपालिकाका नव निवार्चित जनप्रतिनीधीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । दोस्रो कार्यकालका लागि नवनिवार्चित मेयर शन्तलाल चौधरीले रौतहटका मुख्य निवार्चन अधिकृत संग सोमबार सदरमुकाम गौरमा सपथ खाए लगतै आफना नगरका नवनिवार्चित जनप्रतिनीधीहरुलाई मंगलबार सपथ खुबाएका छन् ।
नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा मेयर चौधरीले नेपाली काँग्रेसबाट नव निवार्चित उमपेयर रत्ना लामा सहित ९ वटै वडाका अध्यक्ष एवम सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएको हो । कार्यक्रम नगरपालिकाका नियमित प्रमुख प्रशासकिय अधिकृत विनोद चौधरी, लेखा प्रमुख शैलेन्द्र श्रीवास्तव एवम प्राविधीक प्रमुख प्रविण जयसवाल लगायत अन्यको सहभागीता रहेको थियो ।








