राजविराज,६ जेठ  ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस विजयी भएको हो ।कांग्रेसबाट मेयर ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । उनी ७ हजार ७४ मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।यसअघि २०७४ सालको निर्वाचनमा यो पालिकामा नेकपा एमालेका बसन्त मिश्र मेयरमा निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here