काठमाडौं,६ जेठ ।
सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेकपा एमालेकी मन्जु देवकोटा निर्वाचित भएका छन् ।कांग्रेस उम्मेदवार उपेन्द्र कुमार पोखरेलले निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठलाई १६०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
पोखरेलले १४ हजार १८७ मत ल्याउँदा एमालेका श्रेष्ठले १२ हजार ५७६ मत मात्र पाए ।यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार दीर्घराज श्रेष्ठलाई १००० बढी मतले पराजित गर्दै एमालेकी मन्जु देवकोटाले जितेकी हुन् । मन्जुले १२ हजार ६९४ मत मत ल्याउँदा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत मात्र पाए ।








