३ जेठ, रौतहट ।
प्रधानमन्त्री शेरबहादुर देउवाको (भाई) प्रेमबहादुर देउवाको निधन भएको छ ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाईको उपचारकै क्रममा निधन भएको हो । क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो ।शेरबहादुर र प्रेमबहादुर देउवा सहोदर भाइ हुन् ।प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।








