स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको काैडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि दाेस्राे पटक पुन: मतदान सुचारु भएकाे छ ।कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाकाे टाेलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएकाे हाे । बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएकाे थियाे । मतदान स्थलमा तत्काल आईपुगेकाे सेनाकाे टाेलीले फायर नगरेपनि हतियार तेर्स्याएपछि स्थिती तत्काल शान्तिपूर्ण बनेकाे स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा बिहानै झण्डै १ घण्टा अवरुद्ध भएको मतदान सुचारु भएकाे आधाघण्टा पछि पुन: झडपका कारण दाेस्राे पटक अवरुद्द भएको थियाे । ४० मिनेट अवरुद्द भएकाे मतदान कार्य केहीबेर अगाडीबाट पुनः सुचारु भएकाे छ ।








