काठमाडौं ३० वैशाख।

जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो। ‘अहिले मतदान कार्य रोकिएको छ’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन। रोकिएको मात्र हो।’गुठीचौर गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनले बताइन्।यो मतदान केन्द्रमा १००७ मध्ये ३१२ मत मात्रै खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here