काठमाडौं ३१ जेष्ठ ।
६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल छन् । उनले ती महिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here