१३ वैशाख, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् ।सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् ।‘कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ’ मंगलबार संवाद डबलीमा आयोजित कार्यक्रममा उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here