काठमाडौँ १६ माघ ।

बन्द गरिएका भारत र चीन तर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको थियो ।
गृह मन्त्रालयको मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन पत्र पठाएको हो ।
बन्द रहेको सिमा नाका खोलाउन ब्यवसायी, नागरिकहरु नेपाल भारत सम्वाद समूह लगायतले नाकामा प्रदर्सन समेत गरेका थिए ।
गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार विभन्न नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउनेबताएका छन्  ।भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने निर्णय गरिएको बताइएको छ  ।गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल गरे पछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउने निर्णय गरिएको छ  ।भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट गर्नसमेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।गत चैत १० देखि नेपालभारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो ।
भारततर्फ १ हजार ८ सय ८० किलोमिटर सीमामध्ये तराई र मधेसका १० र हिमाली र पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी र केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो ।सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल भएको थियो ।गृह मन्त्रालयका अनुसार रौतहट, मटिअर्वा बारा, सिम्रौनगढ बारा, त्रिवेणी पूर्वी नवलपरासी, खजुरगाछी झापा, भन्टाबारी सुनसरी , कुनौली सप्तरी, जटही धनुषा, इनर्वा धनुषा, भिट्टामोड महोत्तरी, मलंगवा सर्लाही, बंकुल, , महेशपुर पश्चिम नवलपरासी, तौलिहवा कपिलवस्तु, कोइलाबास दाङ, सुरजपुर बर्दिया र तातोपानी सिन्धुपाल्चोक नाका खुला गरिएको हो ।
बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायत आधारमा नयाँ निर्णय लिएको हो ।गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here