काठमाडौं ३ मंसिर  ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तिब्र बनेको छ ।  भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तिब्र बनेको हो । मंसिर ४ गते आईतवार ९भोलि० हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए । उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ । धादिङका वासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिवार बिहानै कोटेश्वरमा गाडी कुरिरहनुभएको थियो । उहाँले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताउनु भयो । त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउनु हुन्छ ।
अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उहाँले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताउनु भयो । त्यस्तै रामेछाप मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई
जिताउन आवश्यक रहेको बताउनु भयो ।  अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउनसक्ने नेतृत्वको खोजि गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here