वीरगञ्ज, ७ बैशाख  ।

केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी पुनस् जसपामै फर्केका छन् ।

अन्सारीले आज पुनस् जसपामा प्रवेश गरेका हुन् । उनलाई सङ्घीय सांसद् प्रदीप यादवले फुलमाला लगाएर पुनस् पार्टीमा फिर्ता ल्याएका छन् ।जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका अन्सारीसँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले भेटघाट गरेर असन्तुष्टिहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनि पुनस् जसपामा फर्केको बुझिएको छ ।उनलाई प्रवेश गराउँदै सांसद् यादव अन्सारीको वापसीसँगै जसपामा उर्जा थपिएको बताए । उहाँ जस्ता युवाहरु पार्टीको उर्जा हुनुहुन्छ । मुस्तुफाजी गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो, यादवले भने, फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ ।यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेश आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाए ।अन्सारीको वापसीसँगै वडा नम्बर २ मा जसपा फेरी बलियो बनेको छ । वडाक मतदाताहरुको उनको राम्रो पकड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here