२५ चैत, काठमाडौं ।
एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।








