२० चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्र चुनावी तालमेलबारे नेपाली कांग्रेसको निर्णयप्रति सन्तुष्ट छैन । स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने कांग्रेसको निर्णयपछि माओवादी नेताहरुले गठबन्धनलाई गम्भीरतापूर्वक नलिए एमालेतिर जान सक्ने चेतावनी लिएका छन् ।माओवादी नेता वर्षमान पुन एमालेका शीर्ष तहकै नेताहरुसँग कुराकानी भइरहेको बताउँछन् । ‘एमालेका साथीहरूले मिलौं, गठबन्धन, तालमेल गरौं भनिराख्नुभएको छ । शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ’ उनले भने, ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन ।’ यद्यपि मिल्ने सम्भावनै छैन भन्न नसकिने उनले बताए ।
उनका अनुसार अहिले कांग्रेससहितकै गठबन्धनमा तालमेल प्राथमिकता छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित गर्न सकिने समेत उनले बताएका छन् ।प्रस्तुत छ, माओवादी केन्द्रका नेता पुनसँग अनलाइनखबरकर्मी बिनु सुवेदी र रामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :यो चाहिं नकारात्मक सोच हो । १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट स्थापित व्यवस्था हो, यो । त्यसमा दल, प्रतिनिधिहरूका कमजोरी रहे होलान् । व्यवस्थाप्रति जस्तो विश्वास हुनुपर्ने हो, त्यो नहोला । तर, पहिलो कार्यकालमा ७३५ वटा स्थानीय तहका प्रतिनिधिले असाध्यै राम्रा काम पनि गर्नुभएको छ ।
कोरोना महामारीमा सबभन्दा राम्रो काम गरेको स्थानीय सरकारले हो । बाढी–पहिरो र आगलागी जस्ता विपदमा स्रोतसाधनसहित जनताको घरदैलो पुगेको स्थानीय सरकार हो । खराब घटनालाई लिएर आलोचना भएको छ, राम्रा कामहरूको प्रचार र प्रोत्साहन पनि हुनुपर्छ ।संघमा भएका विकृतिहरू पनि कुनै न कुनै रूपले पुगेका छन् । राजनीतिक दल, कर्मचारी, समाज हाम्रो यही हो । जनताले छानेका कार्यक्रममा बजेट, कृषिमा लगानी वृद्धि, उद्यम–व्यवसायलाई प्रोत्साहन पनि भएको छ । शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन लगायत क्षेत्रमा भएका कामहरूलाई पनि कम आँक्नुहुँदैन ।
उहाँहरूले असाध्यै दुःख गरेर काम गर्नुभयो । उहाँहरू निर्वाचित भएर आउँदा बस्ने कुर्सी–टेबुल समेत थिएन । अहिले सबै पालिकाको कार्यालय तयार भइसकेको छ । ६ हजार ७४३ वडामध्ये लगभग सबैको कार्यालय छ । सबै ठाउँमा आधारभूत स्वास्थ्य केन्द्रहरू लगभग पुगेका छन् ।सुरुका वर्षहरू संरचना बनाउन र कानुनी अन्योलमा बित्यो । कुन अधिकार कसरी प्रयोग गर्ने भन्ने अन्योल रह्यो । साझा अधिकार बाँडफाँटको कुरा अझै टुंगिएको छैन । संघीय सरकारको सहयोग पुग्दो छैन ।तत्कालीन प्रधानमन्त्री केपी ओेलीले शक्ति–सन्तुलनका लागि संघीयता स्वीकार गरिएको भनेर खुल्लमखुल्ला भन्नुभयो । स्थानीय तहहरूले पाउनुपर्ने जति संवैधानिक र कानुनी अधिकार तथा जनशक्ति नपाएकै अवस्था हो ।संघीयता भएका अधिकांश देशमा संघ र प्रदेशमा अधिकार बाँडफाँट छ । हाम्रोमा स्थानीय तह समेत गरी तीन तहमा संवैधानिक रूपले नै शक्ति बाँडफाँट गर्यौं। यसअनुसार, संघको अधिकार प्रदेशमा जानुपर्ने हुन्छ ।
त्यस्तै, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ । तर, सबै केन्द्रले नै हेर्ने, समन्वय नगर्ने जस्तो अमिल्दो अवस्था छ । संघले उदार भएर काम गर्ने हो भने हाम्रो मौलिकतासहितको संघीयता हुन्छ ।संविधानमा भएका साझा अधिकारहरू बाँडफाँट गर्दा, कानून बनाउँदा अलि प्रगतिशील बन्नुपर्छ । आवश्यकता परे संविधान संशोधन गरेर अनुभवसहित परिमार्जन गर्नुपर्ने हुन्छ ।भारतमा संघीयता कार्यान्वयन गर्दा सुरुमा अर्ध–संघीयता भनिन्थ्यो । अहिले पूर्ण संघीयता किन भयो भने संघीयता लगायतका विषयमा अनेक पटक संविधान संशोधन गरियो । सर्वोच्च अदालतको व्याख्याहरूले पनि पूर्ण संघीयता बन्यो । सुरुमै गर्न सक्दा राम्रो, नभए अनुभव गर्दै, परिमार्जित गर्दै जाने हो ।६ हजार ७४३ वडालाई आधार बनाएर तयारी थालेका छौं । घोषणापत्र तयार गर्ने अधिकार पालिकाहरूलाई दिएका छौं । हामीले पार्टीको आठौं महाधिवेशनबाट जिल्लालाई समन्वयमा मात्र राखेका छौं । निर्वाचन सम्बन्धी डाटा संकलन, जनमत निर्माण, परिचालन सबै वडाले गर्छ । केन्द्रबाट एउटा अपील निकालेर संघीयता, स्थानीय स्वायत्तता, जनताको सहभागिताबारे हाम्रो धारणा सार्वजनिक गर्छौं ।त्यो होइन । दुई महिना चुनावी अभियान थालेर ७ भौगोलिक र ३ गैर भौगोलिक गरी १० वटै प्रदेशमा भेला, प्रशिक्षण गरिसक्यौं । अहिले वडाहरूमा पुगेका छौं, नेताहरू त्यहाँ पठाएका छौं । काठमाडौंमा अहिले सांसद भेट्नुहुन्न, केन्द्रीय नेता कम भेट्नुहुन्छ । हामीले तालमेल होला कि नहोला ? भए कतातिर के होला ? भनेर हेरिरहेका छैनौं । आप्mनै संगठनलाई सक्रिय बनाएका छौंं, आफ्नै एजेन्डा लिएर जान्छौं । गठबन्धनमा पनि भएकोले आवश्यकता, औचित्य र अरू पार्टीको ‘पोजिसन’ हेरेर तालमेल पनि गर्छौं ।यो संविधान जोगाउन, जनयुद्ध र जनआन्दोलनका एजेन्डाहरू संस्थागत गर्न हामीले गठबन्धनको कुरा गरेका हौं । ओलीजीले सबै उपलब्धि सिध्याउने ढंगले संविधान मिच्नुभयो, दुई–दुई पटक संसद विघटन गर्नुभयो । त्यसलाई रोक्न नेपाली कांग्रेससँग गठबन्धन भएको हो । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा तालमेल यो आवश्यक भएको हो । यसले सबैलाई फाइदा गर्छ ।आजको मितिमा ठूलो दलको रूपमा एमाले छ, तर भोलि शक्ति सन्तुलन फेरिन्छ । आजको मुख्य प्रतिस्पर्धा एमाले र दोस्रो दल कांग्रेसकै हो । हिजो एमाले र माओवादी मिल्दा दुईतिहाइ बहुमतमा गयो । आज कांग्रेस, माओवादी, एकीकृत समाजवादी मिल्दा संघ, प्रदेश र स्थानीयमा सजिलै जितिन्छ । यसमा कांग्रेसलाई नै बढी फाइदा हुन्छ ।
फाइदा हुँदैन भने कांग्रेसलाई हाम्रो केही भन्नु छैन । कांग्रेस मिलोस् नमिलोस्, एकीकृत समाजवादी र माओवादी मिलेर जान्छौं । हाम्रो विचार मिल्छ, राजनीति मिल्छ । हिजो एउटै पार्टीमा थियौं । हाम्रो र जसपाको पनि संघीयतालगायत थुप्रै एजेन्डा मिल्छ । उहाँहरू तयार हुँदा जसपासँग पनि मिल्छौं । भोलि हामीबीच एकता पनि हुनसक्छ । यो लुकाउनुपर्ने कुरा होइन ।हामी एक्लै लड्न पनि सक्षम छौं । २०७४ मा ११६ पालिका जितेका थियौं । ७४ जति स्थानीय तहमा दोस्रो छौं । १३०० भन्दा बढी वडा जितेका छौं । अब त्योभन्दा राम्रो गर्छौं । किनकि, संघीय सरकारमा पूरै पाँच वर्ष बस्यौं, प्रदेश सरकार पनि चलाएका छौं । हामीले जितेका पालिकाहरूमा राम्रो काम गरेका छौं ।
वित्त आयोगको सूचीमा पहिलो नम्बरमा रहेको डडेलधुराको अजयमेरु गाउँपालिका हामीले जितेको हो । तेस्रो नम्बरमा रहेको कैलालीको कैलारी र पाँचौं नम्बरको गुल्मीको धुर्कोट पनि हामीले जितेको गाउँपालिका हो । काम हामीले राम्रो गरेका छौं भने चुनावमा राम्रो नतिजा ल्याउँछौं । यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै पनि जित्छौं ।एजेन्डा मिल्नेहरू मिल्दा राम्रो । २०६४ सालमा हामी शक्तिशाली हुँदा पनि तालमेल गरौं भनेका थियौं । तत्कालीन एमालेलाई काठमाडौंका १५ सिटमध्ये ८ सिट लिनुहोस्, हामीलाई ७ सिट छाड्नुस् भन्दा हामीलाई गन्नु भएन ।
वामहरू वैचारिक रूपमा निकट हुन्छन्, भोट किन विभाजित गर्ने भन्ने हाम्रो सोच थियो । तर, उहाँहरूले हामीलाई कमजोर ठान्नुभयो र काठमाडौंमा तालमेल हुन्छ भने १६औं सिटमा हुन्छ भन्नुभयो । चुनावमा हामीले ७ सिट जित्यौं, उहाँहरू जिरो हुनुभयो । यो स्थानीय चुनावमा पनि माओवादी केन्द्रको शक्ति देखेर धेरै जना छक्क पर्नेवाला छन् ।२०७४ को चुनावमा पनि हामीले तालमेल गरौं भन्यौं, एमालेका नेताहरूले मान्नुभएन । माओवादीले एक दर्जन पालिका पनि जित्दैन भनियो, तर ११६ पालिकामा जित्यौं । मधेशमा हामी चौथो, एमाले पाँचौं भएपछि ओलीजीले माओवादी नै शक्ति रहेछ, प्रचण्ड नेतै रहेछन्, मिलौं भन्नुभयो । अनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मिल्यौं पनि ।नेकपा फुटेको छ, स्वयं एमाले फुटेको छ । दुईतिहाइको सरकार ढालेको छ, प्रतिनिधिसभा विघटन गरेको छ । ओलीजी र उहाँको टिममाथि ठूल्ठूला भ्रष्टाचारको आरोप लागेको छ । जिन्दगीभर एमाले बनाउन हिंडेका माधव नेपाललगायत नेताहरू बाहिरिनुभएको छ । अनि त्यही एमाले र ओलीजीले जित्ने, हामीले हार्ने कसरी हुुन्छ ?
एकीकृत माओवादीबाट को–को साथीहरू गए, तिनको जनाधार हेर्नुहोस् । गएकाभन्दा बढी आइरहेका मान्छेहरू हेर्नुहोस् ।माओवादीका नेताहरू ‘रिजिड’ छैनन्, गतिशील छन् । देशलाई निकास दिनुपर्छ, परिस्थिति बदलिएपछि नयाँ निर्णय गर्नुपर्छ भन्ने हो ।केलाई अस्थिरता भन्ने ? ओलीजीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने भन्नुभयो, हामीले यो राष्ट्रिय हितमा छैन, परिमार्जन गर्नुपर्छ भन्यौं र व्याख्यात्मक घोषणासहित अनुमोदन गर्यौं । १२ बुँदे व्याख्यात्मक घोषणा कसरी अस्थिर हो ? एमसीसी यही रूपमा पास हुने हो भने हामी पक्षमा उभिदैनौं, राष्ट्रिय स्वाधीनतालाई बन्धक बनाउन सक्दैनौं भन्नु कसरी अस्थिरता ? त्यो त राम्रो कुरा हो त । बरु हाम्रो अडानमा कांग्रेस आयो ।
अवसरवादसँग त के लाग्छ र ? एकजना लेखकले दशक पहिले लेख्नुभएको थियो– नेपालको वामपन्थी आन्दोलनको विडम्बना के छ भने तिर्खा लाग्यो भने ठूलो स्वरले कराउने अनि सातु खाने । त्यसले त झन् तिर्खा लाग्छ । तिर्खा लागेको बेला पानी खोज्नुपर्ने ठाउँमा सातु खाने ? एमसीसी अनुमोदन गर्यो भनेर एमालेमा जानु पनि त्यस्तै हो ।कांग्रेससँग शतप्रतिशत तालमेल नहोला । तर गणतन्त्र, संघीयता लगायत उपलब्धि पक्षधर शक्तिहरू एकठाउँमा बस्नुको मनोवैज्ञानिक अर्थ हुन्छ । दोस्रो, एक्लाएक्लै लड्दा कांग्रेस पनि हार्ने, हामी पनि हार्ने अवस्थामा मिलेर मुख्य प्रतिस्पर्धीलाई हराउनु स्वाभाविक हुन्छ । त्यसका निम्ति कांग्रेस तयार हुन्छ, हामी पनि तयार हुन्छौं ।
यसक्रममा सामान्यतः हिजो जितेका पालिका लिने मोडालिटी होला । हामीले ११६ जितेका छौं, उहाँहरूले २६३ जित्नुभएको छ । एमालेले २९४ जितेको छ । त्यसमा अहिले एकीकृत समाजवादीको जनाधार भएका ठाउँहरू पनि छन् । त्यहाँ समाजवादीलाई दिने होला । बराबर जनाधार भएको ठाउँमा जसले जसलाई सहयोग गरे पनि भयो ।हामी ६ हजार ७४३ वडाकै विश्लेषण गरिरहेका छौं । कसको मत कस्तो छ हेर्दैछौं, दाबी गर्नु परे गरौंला ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित हुन्छ । एमालेका साथीहरू आफैंले पनि गठबन्धन भयो भने १५० देखि १६० सम्म जित्छौं भनेर केन्द्रीय कमिटीमा भन्नुभएको छ । यथार्थ यही हुन्छ ।
हामी ६ हजार ७४३ वडाकै विश्लेषण गरिरहेका छौं । कसको मत कस्तो छ हेर्दैछौं, दाबी गर्नु परे गरौंला ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित हुन्छ । एमालेका साथीहरू आफैंले पनि गठबन्धन भयो भने १५० देखि १६० सम्म जित्छौं भनेर केन्द्रीय कमिटीमा भन्नुभएको छ । यथार्थ यही हुन्छ ।एमालेका साथीहरूले मिलौं, गठबन्धन, तालमेल गरौं भनिराख्नुभएको छ ।शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ । वरिष्ठ नेताहरूले नै भनिराख्नुभएको छ । अनौपचारिक कुराकानी पनि हुन्छन् । नेपालको राजनीतिक संस्कार सबै बन्द गरेर बस्ने छैन, कुराकानी चलिरहेको हुन्छ ।
तर, ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । उहाँले देशलाई अस्थिरतामा लगिनै सक्नुभएको थियो । हामीले आन्दोलन गर्यौं, त्यसको जगमा अदालतले सकारात्मक फैसला गरेपछि हाम्रो लोकतन्त्र, संघीयता ट्रयाकमा आएको हो । कांग्रेससँग अहिले हामी मिलेको पनि संविधान, लोकतन्त्र बचाउने मूल्यमा हो ।त्यसैले ओलीले जे गर्नुभयो, त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन । तर, कहिल्यै मिल्दैनौं भन्ने पनि होइन ।शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ । वरिष्ठ नेताहरूले नै भनिराख्नुभएको छ । अनौपचारिक कुराकानी पनि हुन्छन् । नेपालको राजनीतिक संस्कार सबै बन्द गरेर बस्ने छैन, कुराकानी चलिरहेको हुन्छ ।तर, ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । उहाँले देशलाई अस्थिरतामा लगिनै सक्नुभएको थियो । हामीले आन्दोलन गर्यौं, त्यसको जगमा अदालतले सकारात्मक फैसला गरेपछि हाम्रो लोकतन्त्र, संघीयता ट्रयाकमा आएको हो । कांग्रेससँग अहिले हामी मिलेको पनि संविधान, लोकतन्त्र बचाउने मूल्यमा हो ।
त्यसैले ओलीले जे गर्नुभयो, त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन । तर, कहिल्यै मिल्दैनौं भन्ने पनि होइन ।हो, उहाँ पहिले चुनावमै जान खोज्नुभएको थियो । वामपन्थीहरू फुटे, चुनाव भयो भने काइदा हुन्छ भन्ने लागेको थियो । दोस्रो पटक पनि विघटन गरेपछि यो त मेरै विरुद्ध रहेछ, चुनाव गराउन रहेनछ भन्ने बुझ्नुभयो ।एउटा कम्युनिस्ट पार्टीको हैसियतले फुट्दा पनि नफुटे भए हुन्थ्यो भन्ने थियो, अहिले पनि मिलुन् भन्ने सदासय छ । औपचारिक–अनौपचारिक रूपमा भन्न पनि खोज्नुहुन्छ । तर, नेपालमा राजनीति र निर्णय त हामीले नै गर्ने हो । उहाँहरूले सद्भाव, सदासयता देखाउने हो, जसलाई अन्यथा भन्न मिल्दैन ।ओलीजीले ठूल्ठूला गल्ती गर्नुभयो । कम्युनिस्ट पार्टीको दुईतिहाइको जनमत विघटन गर्नुभयो । जनयुद्ध, जनआन्दोलनबाट प्राप्त संविधानलाई करिब–करिब कोमामै पुर्याउनुभयो । स्थापित लोकतन्त्रलाई लगभग खत्तमै पार्नुभयो । देशलाई अस्थिरताको सुरुङमा धकेलिसक्नुभएको थियो, हामीले तानेर ल्याएका छौं । यसमा गल्ती महसुस, आत्मालोचना हुनुपर्यो । त्यसले मिल्ने एउटा आधार बनाउन सक्छ ।
त्यतिखेर एउटा सन्दर्भ थियो । पहिलो अवधिमा कांग्रेस र दोस्रोमा एमालेले सरकार चलाउने भन्ने थियो । संविधान बनेपछि कांग्रेसले धोका दिएपछि एमालेले हामीसँग सहयोग मागेको हो । तर, ओलीजीले हामीलाई सहयात्री पार्टी नठानी अपमान गर्ने, निर्वाचन गर्नतिर नजाने भएपछि कांग्रेससँग गठबन्धन बनेको हो ।अघिल्लो स्थानीय तह निर्वाचनमा ओलीजीले हाम्रो शक्ति देखेर प्रचण्ड नेता हुन्, माओवादी शक्ति हो भन्ने स्वीकार गरेपछि वामपन्थीहरू मिल्नु स्वाभाविक थियो । २०७७ मा संसद विघटन नै गरेपछि भने सँगै बस्ने अवस्था रहेन ।








