एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि मुख्य प्रशिक्षक अलमुताइरीले २४ खेलाडीलाई बोलाएको जनाएको छ । प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट बाहिरिएका छन् । यस्तै फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन । आर्मीका खेलाडीद्वय नवयुग र विकास चोटका कारण पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए ।
एएफसी एसियन कप छनोटका लागि नेपालले बैशाख २ बाट बन्द प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ । मोफसलमा भइरकेका प्रतियोगिता र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्ने भएकाले प्रशिक्षण केही पछिबाट मात्र सुचारु हुनेछ । कुवेतमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा आयोजक कुवेतसँगै इन्डोनेसिया र जोर्डन रहेका छन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले अघिल्लो साता थाइल्यान्ड भ्रमण गरेको थियो । जसमा नेपालले थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको शीर्ष डिभिजन क्लबलाई नतिजा सुम्पिएको थियो । नेपालले एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्दा अन्तिम खेल नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।








